← समाचारमा फर्कनुस्
रोनाल्डोले गरे कीर्तिमान गोल संख्याको बराबरी

क्रिस्टियानो रोनाल्डोले मंगलबार पोर्चुृगलका लागि सर्वाधिक गोलको कीर्तिमान बारबरी गरेका छन् । यृुरोपेली विश्वकप छनोटमा पोर्चुगलले हंगेरीलाई समूह ‘एफ’ को खेलमा ३–२ ले हराउँदा उनले ५८ औं मिनेट पेनाल्टीबाट गोल गरे । यो उनको २ सय २३ औं खेलमा १ सय ४१ औं गोल हो ।
यो ग्वाटेमालाका कार्लोस लुइसको बराबरी हो भने अर्जेन्टिनाका लियोनल मेसीको भन्दा तीन बढी हो । मंगलबारका अन्य छनोट खेलमा ठूलो टिम सबै विजयी रहे । समूह ‘डी’ मा फ्रान्सले आयरल्यान्डलाई २–१ ले हरायो भने इंग्ल्यान्डले सर्बियालाई ५–० ले पराजित गर्यो ।
दिनको सबैभन्दा ठूलो गोल अन्तरको जित नर्वेको रह्यो । उसले मोल्डोभालाई सजिलै ११–१ ले हरायो । त्यसमा इर्लिङ हालान्ड एक्लैले पाँच गोल गरे भने अर्को दुई गोलमा सहभागी भूमिका समेत निभाए । हालान्डले नर्वेका लागि एकै खेलमा पाँच गोल गरेको यो पहिलो पटक हो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |