← समाचारमा फर्कनुस्
रोमा र युभेन्ट्सबीच बराबरी

युभेन्ट्सले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई जीवन्त राख्न आइतबार इटालीको सिरी ए मा एएस रोमालाई ३–३ को रोमाञ्चक बराबरीमा रोकेको छ । युभेन्ट्सले दुई गोलले पछाडि रहेको स्थितिबाट यो बराबरी निकालेको हो ।
रोममा भएको खेलमा फेडरिको गाटीले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गोल गर्दै युभेन्ट्सलाई एक बहुमूल्य अंक दिलाएका दिए । लिग तालिकामा रोमा ५१ अंकमा चौथो स्थानमा छ । युभेन्ट्स भने ४७ अंकमा छैटौं स्थानमा छ ।
इन्टर मिलान भने ६७ अंकमा शीर्ष स्थानमा छ र अब उसको उपाधि जित्ने सम्भावनामा अरूले बाधा पुर्याउने सम्भावना कमजोर भइसकेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women