← समाचारमा फर्कनुस्
एलाभेससँग हारले रियल स्तब्ध

रियल म्याड्रिडले स्पेनी ला लिगामा शनिबार एलाभेससँग घरमै २–१ को स्तब्धपूर्ण हार बेहोरेको छ र यसले उसको उपाधि होड कमजोर बनेको छ । यसअघि जोसे मोउरिन्होको रियल लगातार १० खेलमा अपराजित रहेको थियो, तर यसमा एलोभसले पूर्ण विराम लगाएको छ ।
एलाभेसका लागि बर्नाबाउमा टोनी मार्टिनेज र एन्जेल पेरेजले एक एक गोल गरे । किलियन एमबापेले एक गोल फर्काए पनि त्यो रियलका लागि पर्याप्त रहेन् । खेलको अन्त्यतिर रातो कार्डमा रियलले जुड बेलिंघमलाई पनि गुमाएर दस खेलाडीमा सीमित रहेको थियो ।
हारले रियल ३३ अंकमा तेस्रो स्थानमा रह्यो । यसअघिको खेलमा एटलेटिको म्याड्रिडले एल्चेलाई ३–२ ले हराएको थियो र उसको ३४ अंक भएको छ । बार्सिलोना भने ३६ अंकमा शीर्ष स्थानमा छ र अबको खेल जितेर आफ्नो स्थिति अझ बलियो बनाउन सक्नेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |