← समाचारमा फर्कनुस्
ब्रेन्टफोर्डसँग हारेपछि युनाइटेड संकटमा

लय गुमाएको म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा शनिबार ब्रेन्टफोर्डसँग लाजमर्दो ४–० हार बहोरेको छ र यसले क्लबलाई थप गाह्रो बनाएको छ । युनाइटेड आठ अंकमै सीमित छ र १९ औं स्थानमा रहेको छ । पुछारको क्रिस्टल प्यालेसले अब आफू अनुकुल नजिता ल्याएमा युनाइटेड अन्तिम स्थानमा झर्न सक्नेछ ।
लयमा रहेको ब्रेन्टफोर्ड भने २० अंकमा पाँचौं स्थानमा उक्लेको छ । ओल्ड ट्राफोर्डमा लन्डन क्लबका लागि कलुम विल्सनले दुई गोल गरे । त्यसपछि क्रिस्टोफर एजर र केभिन सेडले एक एक गोल थपे । मउरिसो पोचेटिनो आएयता युनाइटेड जित निकाल्न असफल रहेको छ ।
उनको नेतृत्वमा खेलेका तीन खेलमा दुई हार र एक बराबरी रहेको छ । शनिबारकै अन्य खेलमा इपस्विच टाउन र एस्टन भिल्लाले २–२ को बराबरी खेले भने लिड्स युनाइटेडले कभेन्ट्रीलाई ४–० ले हराएर २० अंकमा छैटौं स्थानमा पनि पुगेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |