← समाचारमा फर्कनुस्
Football Sep 21, 2026 · Swadesh

मउरिन्हो आएयता रियलको लिगमा दोस्रो हार

मउरिन्हो आएयता रियलको लिगमा दोस्रो हार

एटलेटिको म्याड्रिडले स्पेनी ला लिगामा आइतबार दस खेलाडीमा सीमित रियल म्याड्रिडलाई २–१ ले हराएको छ । प्रशिक्षकमा जोसे मउरिन्हो आएयता लिगमा रियलको यो दोस्रो हार हो । डिन हाइसन रातो कार्डमा मैदान छाडेपछि खेल एटलेटिकोको पक्षमा मोडिएको हो ।

एटलेटिकोका लागि एलेजान्ड्रो ग्रिमाल्डो र जोनाथजन डाभिडले गोल गरे । रियलका तर्फबाट एन्टोनिओ रुडिगरले एक गोल गरे । जितले एटलेटिको भने दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना सात खेलबाट २१ अंकमा शीर्षमा छ ।

उसको पछाडि एटलेटिको र रियल १६ अंकमा छन् । लिग उपाधि होडमा बार्सिलोनाको तुलनामा रियल छाडि परेपछि प्रशिक्षकमा मउरिन्हो फर्केका हुन्, तर अहिलेसम्मको प्रदर्शनले रियल दबाबमा पर्न थालेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →