TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Mar 03, 2026 · Swadesh

रियलको दुर्लभ लगातार दोस्रो हार

रियलको दुर्लभ लगातार दोस्रो हार

उरुग्वेली फरवार्ड मार्टिन सान्ट्रिनोले ३९ औं मिनेटमा गरेको निर्णायक गोलको मदतले गटोफेले स्पेनी ला लिगामा सोमबार रियल म्याड्रिडलाई १–० ले पराजित गरेको छ । उपाधि होडमा रियलका लागि यो अर्को धक्का रहेको छ ।


रियल लिगमा लगातार दुई खेलमा पराजित रहेको यो सन् २०२० यता पहिलो पटक मात्र हो ।पछिल्ला साता अल्भारो अलबेलोको रियल ओसासुनाको हातबाट पनि स्तब्ध रहेको थियो । यस नतिजापछि रियल लिग तालिकाको शीर्षमा रहेको बार्सिलोना भन्दा चार अंकको दूरीमा रह्यो


लिग तालिकामा बार्सिलोनाको २६ खेलबाट ६४ अंकमा सबैभन्दा अगाडि छ । रियल भने ६० अंकमै सीमित रह्यो । खेलको अन्त्यमा दुवै टिम दस दस खेलाडीमा सीमित रहे । जितले गेटाफे भने ३२ अंकमा ११ औं स्थानमा पुगेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →