← समाचारमा फर्कनुस्
Football Sep 14, 2025 · Swadesh

रियलको शतप्रतिशत प्रदर्शन कायम

रियलको शतप्रतिशत प्रदर्शन कायम

रियल म्याड्रिडले स्पेनी ला लिगामा आफ्नो शतप्रतिशत प्रदर्शनलाई शनिबार पनि कायम राखेको छ । उसले रियल सोसिडाडलाई उसकै घरमा २–१ ले हरायो । रियलको चार खेलबाट अधिक्तम १२ अंक छ र अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।


केयलिन एमबापेले १२ औं मिनेटमा रियलका लागि पहिलो गोल गरे भने आर्डा गुलेरले ४४ औं मिनेटमा दोस्रो गोल थपे । सोसिडाडका लागि मिखेल आयरजाबलले ५६ औं मिनेटमा पेनाल्टीबाट एक गोल फर्काए । एटलेटिकोले भने अर्को खेलमा भिल्लारियललाई २–० ले हरायो ।


त्यसमा पाब्लो बारोस र निकोलस गोन्जालेजले गोल गरे । अन्य खेलमा गेटाफेले रियल ओभिडोलाई २–० र डेपोर्टिभो एलाभेसले एथलेटिको बिलबाओलाई १–० ले हरायो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →