रियलको जितसँगै च्याम्पियन्स लिग सुरु

युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजन मंगलबार रातिदेखि सुरु भएको छ र पहिलो दिन उपाधिको बलियो प्रत्यासी रियल म्याड्रिडले जित निकाल्न संघर्ष गर्नु परेका छ । उसले केयलिन एमबापेको पेनाल्टीबाट दुई गोलको मदतले मार्सेलाई २–१ ले हराएको हो ।
बर्नाबाउमा मार्सेले टिमोथी वेहको गोलले २२ औं मिनेटमा अप्रत्यासित अग्रता लिएको थियो । त्यसपछि एमबापेले २८ र ८१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले विजयी सुरुआत लिएको छ र उसले एथलेटिको बिलबाओलाई उसकै घरमा २–० ले पराजित गर्यो ।
त्यसमा ग्याब्रिएल मार्टिनेली र लियान्ड्रो ट्रोसार्डले गोल गरे । युभेन्ट्स र बोरुसिया डर्टमुन्डले भने आठ गोलको रोमाञ्चक ४–४ बराबरी खेले । यस्तै टोटनहमले पनि भिल्लारियलमाथि १–० को जित आत्मसात् गरेको दिन युनियन सेन्ट–गिलोस र कोराबागले पनि ऐतिहासिक जित दर्ता गरेका छन्।
गिलोसले पीएसभी आयनहोभनलाई ३–१ र कोराबागले बेनफिकालाई ३–२ ले हराए । अर्को उत्तरी लन्डन क्लब टोटनहमको जितमा भने आत्मघाती गोल निर्णायक रह्यो । लुइज जुनियरले खेलको चौथो मिनेटमै आत्मघाती गोल गरेपछि भिल्लारियल निराश बनेको हो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |