TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Feb 15, 2026 · Swadesh

रियललाई दुई अंकको अग्रता

रियललाई दुई अंकको अग्रता

रियल म्याड्रिडले स्पेनी ला लिगामा शनिबार शीर्ष स्थानमा दुई अंकको अग्रता लिएको छ । उसले यसका लागि रियल सोसिडाडलाई ४–१ ले हराएको हो । त्यसमा भिनिसियस जुनियरले पेनाल्टीबाट दुई गोल गरे ।


यस्तै गोन्जालो गार्सिया र फेड भाल्भेरडेले पनि एक एक गोल गरे । मिखेल ओयारजबेलले सोसिडाडका लागि एक गोल फर्काए । अर्को खेलमा भिल्लारियल गेटाफेसँग २–१ ले पराजित रह्यो । भिल्लारियल ४५ अंकमा चौथो स्थानमा कायम रह्यो ।


यो जितले रियलको ६० अंक भएको छ । बार्सिलोना दुई अंकले पछाडि छ र उसले सोमबार जिरोनाको सामना गर्दैछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →