← समाचारमा फर्कनुस्
Other Sports Jun 29, 2025 · Swadesh

रसिलालाई माउन्ट पोपा अल्ट्राया रनको उपाधि

रसिलालाई माउन्ट पोपा अल्ट्राया रनको उपाधि

रसिलालाई माउन्ट पोपा अल्ट्राया रनको उपाधि काठमाडौँ, असार १५ गते । अल्ट्रा रनर रसिला तामाङले आइतबार माउन्ट पोपा अल्ट्रा म्याराथनको उपाधि जितेकी छन् । म्यानमारमा भएको ५० किमी दुरीको ट्रायल रनमा रसिलाले पुरुष धावकहरुलाई समेत पछाडि पारेर ओभरअलमै पहिलो भएकी हुन् । सन् २०२३ मा भएको एसिया ट्रायल मास्टर्स महिला च्याम्पियन्सीपमा पहिलो स्थान हासिल गरेर इतिहास बनाएकी रसिलाले ६ घन्टा १८ मिनट ५१ सकेन्डमा दौड पूरा गरिन् । रसिलाले जितपछि कोरोस घडीसहित अन्य गिफ्ट ह्यामपर प्राप्त गरिन् । सोही दुरीमा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने पाइङ ओले सात घन्टा ३८ मिनेट ४२ सकेन्ड समय लगाएका थिए । महिलातर्फ दोस्रो हुने यीयीले नौ घन्टा नौ सकेन्डमा दोड पुरा गरिन् । साराह सेङ तेस्रो भइन् । पुरुषतर्फ ज्याक स्पिड दोस्रो र अङ टुन लिन तेस्रो स्थानमा रहे । यस जितसँगै रसिलाले अक्टोबर ४ तारिखमा भियतनाममा हुने एटिएम च्याम्पियन्सीप फाइनलमा चयन भएकी छन् । रसिलाले जितपछि ओभरअलमै जित प्राप्त गर्दा निकै खुशी लागेको बताइन् । उनले व्यवस्थितरुपमा रेस आयोजना गरेको भन्दै आयोजकको प्रशंसा पनि गरिन् ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →