रसफोर्ड र हालान्ड चम्केको दिन

युरोपेली च्याम्पियन्स लिगको पहिलो चरणका खेल बिहीबार लगातार तेस्रो दिन चल्यो र यसक्रमा दुई खेलाडी चम्केका छन्, बार्सिलोनाका लागि मार्कस रसफोर्ड र म्यानचेस्टर सिटीका इर्लिङ हालान्ड । रसफोर्डले दुई गोल गरेपछि बार्सिलोनाले न्युकासललाई युनाइटेडलाई २–१ ले हराएको छ।
सेन्ट जेम्स पार्कमा भएको खेलमा रसफोर्डले ५८ र ६७ औं मिनेटमा दुई गोल गरे । म्यानचेस्टर युनाइटेडले उनलाई आफूसँग राख्न चाहेको थिएन्, तर बार्सिलोना आएयता रसफोर्डले पहिलो पटक आफ्नो उपयोगिता सिद्ध गरे । न्युकासलका लागि एन्थोनी गोर्डनले ९० औं मिनेटमा एक गोल गरे ।
तर त्यो सान्त्वना गोल भन्दा बढी भएन् । सिटीले भने इटालीको च्याम्पियन नेपोलीलाई २–० ले हराउँदा इर्लिङ हालान्डले यस प्रतियोगितामा आफ्नो ५० गोल पूरा गरेका छन् । इतिहाडमा हालान्डले ५६ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि जेरेमी डोकुले ६५ औं मिनेटमा दोस्रो गोल थपे ।
अन्य खेल केही ठूलो अन्तरको जित निस्केको थियो । त्यसमा इन्ट्राख्त फ्रान्कफर्टले गालातासारेलाई ५–१, स्पोर्टिङ लिस्वनले किराट आलमाटीलाई ४–१ तथा क्लब ब्रुगले मोनाकोलाई ४–१ ले पराजित गर्यो । एफसी कोपनहेगन र बायरलेभरकुजनबीचको खेल भने २–२ को बराबरीमा समाप्त भयो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |