← समाचारमा फर्कनुस्
राप्ती ४–० ले विजयी

काठमाडौं। एन्फा महिला लिग छनोटमा राप्ती फुटबल क्लबल सहज जित निकालेको छ।
च्यासल मैदानमा बिहीबार सम्पन्न खेलमा राप्तीले एफसी रियलेविरुद्ध ४-० को जित दर्ता गरेकाे हाे। राप्तीलाई जित दिलाउन डिना नेपालीले दुई तथा सरु हमाल र अनिशा राईले समान एक गोल गरे।
जितसँगै राप्तीले चार खेलमा सात अंक जोडेको छ। चारै खेलमा पराजित रियले अंकविहिन छ।
खेलको छैटौं मिनेटमा सरुको गोलमार्फत राप्तीले अग्रता लिएको थियो। ५४औं मिनेटमा डिनाले टोलीको अग्रता दोब्बर बनाइन्।
त्यसको तीन मिनेटपछि नै अनिशाले गोल गर्दा राप्तीको अग्रता ३-० मा पुग्यो। ५९औं मिनेटमा डिनाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |