TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Other Sports Dec 18, 2025 · Swadesh

कार्की ललितपुरदेखि उत्तरप्रदेशसम्म दौड्दै

कार्की ललितपुरदेखि उत्तरप्रदेशसम्म दौड्दै

धावक रामसुन्दर कार्की ललितपुरदेखि भारतको उत्तरप्रदेशस्थित अयोधा मन्दिरसम्म दौड्ने भएका छन् । ५५ वर्षीय कार्कीले चैत ७ गतेदेखि दौड थाल्ने छन् । 


करिब ४ सय ५० किलोमिटर दूरी कार्कीले चैत १३ गते रामनवमीका दिन पूरा गर्ने बताए । सोको रुट अवलोकन गर्न कार्की पूर्व खेलाडी गोकुल खत्रीसंगै केही दिनपछि त्यसतर्फ प्रस्थान गर्दै छन् ।


गोदावरी नगरपालिका वडा १, गोदामचौरस्थित कार्कीटारको हनुमान मन्दिरबाट कार्कीले दौड प्रारम्भ गर्ने  छन् । उनी त्यहीका बासिन्दा हुन् । हनुमान मन्दिर पनि कार्की आफैले निर्माण गरेका हुन् । त्यही हनुमान मन्दिरमा २७ फिट अग्लो पिट्टलको गदा निर्माणका लागि सहयोग संकलन गर्न दौड्न लागेको कार्कीले जानकारी गराए ।


कार्की यसअघि ललितपुरदेखि जनकपुर पाँचपटक, काठमाडौंदेखि दोलखा ३ पटक, काठमाडौं बुटवल १ पटक, काठमाडौंदेखि सिन्धुली ३ पटक र काठमाडौंदेखि उत्तर प्रदेश १ पटक दौडेर पुगेका थिए ।

त्यस्तै उनले काठमाडौंदेखि भारतको पश्चिम बंगाल हुँदै भुटानको सिमाना फुन्छिुलिङसम्म दौडेका थिए । कार्कीका अनुसार २०६४ सालमा १ सय १ दिन लगाएर नेपालको तत्कालीन ७५ जिल्लानै दौडेर पुगेका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →