TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Apr 08, 2026 · Swadesh

राजस्थानको लगातार तेस्रो जित

राजस्थानको लगातार तेस्रो जित

राजस्तान रोयल्सले मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा लगातार तेस्रो जित निकालेको छ र छ अंकमा शीर्ष स्थानमा उक्लेको छ । उसले यसका लागि गुवाहटीमा भएको खेलमा मुम्बई इन्डियन्सलाई २७ रनले सजिलै हराएको हो । मुम्बई भने दुई अंकमा सातौं स्थानमा रह्यो।


जितका लागि १ सय ५१ रनको लक्ष्य पछ्याएको मुम्बई ११ ओभर मात्र टिकेर १ सय २३ रनमा अलआउट भएको थियो । त्यसमा नमन धीर र सेरफन रडरफोर्डले समान २५ रन बनाए । राजस्थानका बलरमध्ये नन्द्रे बर्गर, सन्दीप शर्मा र रवि विश्नोईले दुई दुई विकेट लिए ।


त्यस अगाडि राजस्थानले ओपनर यशस्वी जयसवालको ३२ बलमा ७७ रनको मदतले तीन विकेटमा १ सय ५० रन बनाएको थियो । उनलाई अर्का ओपनर वैभव सूर्यवंशीले बलियो साथ दिए र उनले ३९ रन बनाए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →