TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Apr 05, 2026 · Swadesh

गुजरातलाई हराएर राजस्थान शीर्षमा

गुजरातलाई हराएर राजस्थान शीर्षमा

राजस्थान रोयल्सले गुजरात टाइटन्समाथि शनिबार छ रनको रोमाञ्चक जित निकाल्दै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को शीर्ष स्थानमा उक्लेका छ । राजस्थानको यो लगातार दोस्रो जित हो र उसको चार अंक भएको छ । समान चार अंकमा दिल्ली क्यापिटल्स र पंजाव किंग्स पनि रहेका छन् ।


अहमदावादमा भएको खेलमा राजस्थानले पहिले ब्याटिङ गर्दै छ विकेटमा २ सय १० रन बनाएको थियो । त्यसमा ध्रुव जुरेलले सर्वाधिक ७५ रन बनाए । यस्तै ओपनर यशस्वी जयसवालले ५५ रन बनाए । जवाफमा गुजरातले साइ शुदर्शनको ७३ रनको बावजुत आठ विकेटमा २ सय ४ रन मात्र बनाउन सक्यो ।


रवि विश्नोइले ४१ रनमा चार विकेट लिएर राजस्थानलाई जित दिलाउने ठोस भुमिका खेले । गुजरातको यो लगातार दोस्रो हार हो र टिम शून्य अंकमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →