← समाचारमा फर्कनुस्
Other Sports Aug 17, 2025 · Swadesh

राधिका पौडेलले सबै खेल जित्दै चेस उपाधि जितिन्

राधिका पौडेलले सबै खेल जित्दै चेस उपाधि जितिन्

१ भदौ, काठमाडौँ ।

काठमाडौँ सामाखुसी स्थित नेपाल प्रहरी स्कूल प्राङ्गणमा  सम्पन्न दोस्रो एनपिएस विद्यालय स्तरीय चेस प्रतियोगिताको उपाधि रिलायन्स इन्टरनेसनल स्कुलले जित्न सफल भएको छ।


छात्रा सिनियर विद्यार्थी समूह तर्फ रिलायन्स स्कूलकी राधिका पौडेलले ६ चरणको खेलमा सबै प्रतिद्वन्दी माथि जित प्राप्त गर्दै उपाधि जितेकी हुन्। 


यसै समूहमा आयोजक नेपाल प्रहरी स्कूलकी मन्दिरा गिरि ५ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो भइन् भने एभरेष्ट सेकेन्डरी स्कूलकी हर्षिका श्रेष्ठ समान अंकमा तेस्रो बनीन्।


यस्तै सिनियर छात्र विद्यार्थी तर्फ मोर्डन इन्डियन स्कुलका आशिष गुप्ताले ७ चरणको खेलबाट कुल ६. ५ अङ्क प्राप्त गर्दै पहिलो स्थान प्राप्त गर्न सफल भएका छन्। 


यसै समूहमा माउण्टग्लोरी इन्टरनेसनल स्कुलका आयुष भण्डारीले ६ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा द्वितीय र बागमती कलेजका आर्जन खड्का ६ अंक नै जोडेर तेस्रो स्थानमा चित्त बुझाएका छन्।


१५ मिनेट १० सेकेण्ड इन्क्रिजमेन्ट रापिड दुई दिने बुद्धिचाल प्रतियोगितामा जुनियर ब्वाइज विद्यार्थी तर्फ डाफोडिल पब्लिक स्कूलका डेवन्सराज श्रेष्ठले ६.५ अंक जोडेर प्रथम स्थान हासिल गरेका छन्। 


यसै समूहमा मार्भेलस इङ्लिस सेकेन्डरी स्कूलका बृजनन्दन दास ६ अंक संकलन गर्दै द्वितीय र समान ६ अंक प्रोग्रेसिभमा तृतीय स्थान ओगट्दै माउण्ट ग्लोरि इन्टरनेसनल स्कुलका निश्चल रिमाललो प्रतियोगिता अन्त्य गरेका छन्।


सँग सँगै छात्रा जुनियर विद्यार्थी तर्फ मार्भलस इङ्लिस बोर्डिङ स्कूलकी कृष्टि रिजालले कडा प्रतिस्पर्धामा समान ५ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा पहिलो स्थान हात पारेकी छिन्। उनीसँगै समान ५ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा लालीगुराँस सेकेन्डरी स्कुल गोदावरीकी कामना थापा मगर र निटेन मेमोरियल स्कुलकी परीक्षा बोलाखे तृतीय बन्न सफल भएका छन्। 


यसै समूहमा प्रतिस्पर्धात्मक समान ४.५ अंक बनाएर बौद्ध चिल्ड्रेन हेभेन स्कुलका ल्होमु तामाङ, फ्युचर स्टार एकेडेमी लुभुमा ग्लोसी श्रेष्ठ र सेन्ट जेभियर्सका इज्जा लामा क्रमशः चौथो देखि छैठौ स्थान प्राप्त गरेका छन्।


कठिन समूह रहेको स्पर्धामा समान ४ अंक जोडेकी सरस्वती एकेडेमी स्कुलका श्रीया डंगोल, त्रियोग हाइस्कुलका श्रीयाश्री तुलाधर र त्रिपद्म हाई स्कूलका तृसारा लामा सातौं देखि नवौं तथा सेन्ट मेरिज सेकेण्डरी स्कूलकी आर्या कुसवाह ३.५ अंक जोडेर दशौं स्थान प्राप्त गरेकी छिन्।


यसैबिच नेपाल प्रहरी विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डर अनुसार एनपिएल चेसको पुरस्कार वितरण तथा समापन कार्यक्रम काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक ओम बहादुर रानाको सभापतित्वमा सम्पन्न भएको छ।


विजयी विद्यार्थी खेलाडीहरुलाई प्रमुख अतिथि काठमाडौँका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ तथा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले पुरस्कृत गरेका छन्।


यस दोश्रो संस्करण एनपिएल चेस प्रतियोगितामा ८७ विद्यालयका १८७ विद्यार्थी खेलाडीहरुको सहभागीता रहेको थियो भने आगामी वर्ष तेस्रो संस्करणको प्रतियोगिता निरन्तर हुने उद्घोष गरिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →