आरएस र संकटा विजयी

काठमाडौं। आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लब र संकटा फुटबल क्लबले एन्फा महिला लिग छनोटमा सहज जित दर्ता गरेका छन्।
च्यासल मैदानमा सम्पन्न दिनकाे पहिलाे खेलमा आरएस रिसोर्टले छहारी फुटबल क्बललाई ३–२ गाेलले पराजित गरेकाे हाे।
आएसरकाे जितमा इशा चौधरी, गीता श्रेष्ठ र उषा शाहीले गोल गरे। छहारीका लागि दुवै गोल अस्मिता चौधरीले फर्काइन्।
खेलको २४औं मिनेटमा इशाको गोलमार्फत आरएस रिसोर्टले अग्रता लिएको थियो। ३६औं मिनेटमा गीताले टोलीको अग्रता दोब्बर बनाइन्।
अस्मिताले ४२औं मिनेटमा छहारीका लागि पहिलो गोल गरिन्। ५५औं मिनेटमा उषाले गोल गर्दा आरएस रिसोर्टको अग्रता ३–१ मा पुग्यो।
त्यसको एक मिनेटपछि नै अस्मिताले व्यक्तिगत दोस्रो गोल गर्दै छहारीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्याे पर्याप्त बन्न सकेन।
जितसँगै आरएस रिसोर्टले चार खेलमा ९ अंक जोडेको छ। पहिलो पराजय बेहोरेको छहारीको समान खेलबाट सात अंक छ।
यस्तै दोस्रो खेलमा लम्की फुटबल क्लबलाई संकटा फुटबल क्बलले ६–१ ले पराजित गरेकाे हाे।
संकटालाई जित दिलाउन पूर्णिमा राईले दुई तथा सुक्रिया मिया, रेनिशा शर्मा, अनिशा राई र सेनु परियारले समान एक गोल गरे। लम्किका लागि मेनका शाहीले गोल गरिन्।
संकटाको जितमा जितसँगै चार खेलमा १२ अंक जोडेको संकटाले महिला लिगमा छनोट हुन सम्भावनालाई बलियो बनाएको छ। पराजित लम्किको समान खेलबाट एक अंक छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |