← समाचारमा फर्कनुस्
Other Sports Jun 29, 2025 · Swadesh

पुष्प सदन स्कूलका हार्दिक पन्तलाई विद्यालय स्तरको चेस उपाधि।

पुष्प सदन स्कूलका हार्दिक पन्तलाई विद्यालय स्तरको चेस उपाधि।

राष्ट्रिय बुद्धिचाल संघ र हेटौंडा चेस क्लवको संयुक्त आयोजनामा संचालन भएको मदन स्मृति यू १५ चेसमा पुष्प सदन स्कुलका हार्दिक पन्तले विद्यालय स्तरको राष्ट्रिय चेस प्रतियोगितामा जितेका छन्। 

पन्तले आठौं चरण सम्मको खेलवाट ७ जित र १ बराबर खेल पस्केर ७.५ अंक सहित उपाधि हात पारेका हुन्। उनले आकर्षक ट्रफी, नगद पुरस्कार २५ हजार र स्वर्ण पदक पाए।

ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा भएको प्रतिस्पर्धामा एशियन पब्लिक स्कुलका दिपेन मैनाली एकल ७ अङ्क सहित दोस्रो र बसुन्धरा नेशनल एकेडेमीका ६.५ अङ्क प्रोग्रेसिभ पोइन्टका आधारमा अविन पाण्डे तेस्रो स्थामा रहे। 

प्राप्त परिणाम अनुसार दिपेनले नगद १५ हजार, रजत पदक र अविनले १० हजार नगद पुरस्कार, काश्य पदक लिए। 

स्पर्धामा ६. ५ अङ्क प्राप्त गरेर संस्कार गुरुकुलका आशिर्वाद थापा चौथो , ६ अङ्क प्राप्त गर्दै नाइटिंगेल स्कुलका सुभनदिप थापा पाँचौ हुन सफल भए। उनीहरुले जनहि नगद ५/५ हजार पाउन सफल भए।

त्यसैगरी प्रज्ञा कुञ्जका कसिभ कार्की , इन्टरनेशनल पब्लिक स्कूलका सार्थक पन्त, डिएभि स्कूलका हर्षबर्धन राठी ,लिटल बुद्ध एकेडेमीका शुभम् जोशी र पाठशाला स्कुलका ओस्कर पन्थी क्रमशः छैटौदेखि दशौ स्थानमा रहेका छन्। उनीहरुले पनि  जनही ३/३ हजार नगद पाए।

यु- ९ खेल तर्फ लाबोरोटोरी स्कूलका छात्र अंकुर पोखरेल, इम्पेरियल स्कुलका छात्रा अग्रता आचार्य उत्कृष्ट भए भने यु - ११ मा मार्भलसका छात्रा निहाना श्रेष्ठ र माछापुच्छ्रे आइबीका छात्र तर्फ साहष श्रेष्ठ पहिलो हुन सफल भए।

त्यस्तै यू - १३ छात्र तर्फ मार्भलस स्कुलका बृज्नानन्द दास र छात्रामा उजिभनी कँडेल प्रथम भएका छन्।

यसबीच हेटौंडा चेस क्लबका अध्यक्ष धरम बहादुर लामाको सभा अध्यक्षतामा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा बागमती प्रदेशका पूर्व श्रम तथा यातायात मन्त्री मा. एकालाल  श्रेष्ठ, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, कोषाध्यक्ष ताराबहादुर रानाभाट, प्रवक्ता राजु ताम्राकारले बिजेता खेलाडीहरुलाई  पुरस्कार वितरण गर्नु भयो।  

कूल नगद पुरस्कार १ लाख १० हजार प्रदान गरिएको दुई दिने प्रतियोगितामा ४० स्कूलमा १०२ जना विद्यार्थी खेलाडीहरुको सहभागीता रहेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →