TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Other Sports Dec 23, 2025 · Swadesh

बङ्गलादेशमा पुरुषोत्तमको मिश्रित खेल प्रदर्शन

बङ्गलादेशमा पुरुषोत्तमको मिश्रित खेल प्रदर्शन

बङ्गलादेशको राजधानी ढाकामा आयोजित एमटिबि इन्टरनेसनल मास्टर्स चेस प्रतियोगितामा नेपाली युवा चेस खेलाडी पुरुषोत्तम सिलवालले मिश्रित नतिजा प्राप्त गरेका छन्। 


इन्डिपेन्डेन्ट युनिभर्सिटीको आयोजना तथा बंगलादेश चेस फेडेरेसनको तत्वावधानमा ९ दिन सम्म सञ्चालन भएको त्रिदेशीय राउन्ड रोबिन चेस प्रतियोगितामा आयोजक राष्ट्रका २३७१ रेटेड अन्तर्राष्ट्रिय मास्टर रेजा नीर मनुनले ६.५ अंक जोडेर प्रथम स्थान हासिल गरेका छन्।


इन्डिपेन्डेन्ट युनिभर्सिटीको सभाहलमा सम्पन्न प्रतिस्पर्धामा बंगलादेशका २३३९ रेटेड एफएम सक्किन मुस्तफाले ६ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा द्वितीय स्थान प्राप्त गरेका छन्।


म्युच्युअल ट्रष्ट बैंकको प्रायोजनमा सकेको खेल नतिजा अनुसार भारतका २३८८ रेटेड खेलाडी विभोर अदकले समान ६ अंक बनाएर प्रोग्रेसिभ प्वाइन्टका आधारमा तृतीय भएका छन्।


१० जना शीर्ष खेलाडी बिच चलेको स्पर्धामा बंगलादेशका २२६१ रेटेड अन्तर्राष्ट्रिय मास्टर मिनाह उद्दिन ५.५ अंक जोडेर चौथो भए। भारतका २३५० रेटेड अर्पन दासले ५ अंक बनाएर पाँचौं, बंगलादेशका २२३९ रेटेड अन्तर्राष्ट्रिय मास्टर अबू सुफियान सकिलले ४ अंकमा छैंटौं, भारतका २२७३ रेटेड फिडे मास्टर गुर्पित पालले ४ अंक सहित सातौं स्थानमा रहे।


यस्तै भारतका २२२२ रेटेड एफएम खान्दाकर अमिनुलले ३.५ अंक जोडेर आठौं, नेपालका २०७४ रेटेड क्यान्डिडेड मास्टर पुरुषोत्तम सिलवालले २.५ अंक बनाएर नवौं र बंगलादेशका २०४६ रेटेड खेलाडी अमित बिक्रम रोयले २ अंकमा सिमित भई दशौं स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेका छन्।


नेपालका पुरुषोत्तम सिलवालले सशक्त खेलाडीहरुको सामाना गर्दै आफु भन्दा उच्च रेटेडका तिन जना खेलाडीहरूसँग बराबरी गर्न सफल भएका छन्। सिलवालले बङ्गलादेशका अमित विक्रम रोयलाई पराजित गरे। अन्य खेलाडी सँग भने पराजयको सामना गर्न पुगे।


अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा पुरुषोत्तम सिलवालले २११ १ रेटिङ पर्फर्म गरेका थिए भने उनले २४५० रेटिङको खेलस्तर देखाउन सके अन्तर्राष्ट्रिय मास्टरको पहिलो नाम प्राप्त गर्न सफल हुने थियो। 


प्रतियोगितामा व्यक्तिगत सम्पर्क गरेर सहभागी भएका सिलवालले खेलपूर्व नेपाल बुद्धिचाल महासंघलाई उक्त खेलमा सहभागी जनाउनको निम्ति समन्वय गरिदिन आग्रह गरेको जानकारी गराएका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →