← समाचारमा फर्कनुस्
Other Sports Sep 10, 2024 · Swadesh

पल्सर स्पोर्ट्स अवार्डमा अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको साथ निरन्तर

पल्सर स्पोर्ट्स अवार्डमा अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको साथ निरन्तर

काठमाडौं । खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०८०’ को २१ औं संस्करणका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको नेपालको आधिकारिक बिक्रेता कामरु टे«डिङ प्रालिसँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ ।

यही भदौ २८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड’को सहप्रायोजनका लागि मञ्चका महासचिव प्रज्वल ओली र कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको थियो ।

कामरुका निर्देशक न्यौपानेले स्पोर्ट्स अवार्डसँग पुनः सहकार्य गर्न पाएकोमा आभार व्यक्त गर्दै नेपाली खेलकुदको विकास र प्रवद्र्धन कार्यमा आफ्नो तर्फबाट निरन्तर सहयोग रहने बताउनुभयो ।

कामरु ट्रेडिङ प्रालि अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीबाट उत्पादित सामग्रीको बिक्री–वितरण गर्ने नेपालको आधिकारिक संस्था हो ।

सह–प्रायोजक बनेवापत् केल्मी नेपालले अवार्डमा मञ्चका सदस्यका लागि केल्मी ब्रान्डको पोसाक उपलब्ध गराउने छ ।

पल्सर स्पोर्टस अवार्ड यही भदौ २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा  आयोजना हुनेछ ।

पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ । यसपालि वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक विधामा समान ५–५ खेलाडी÷प्रशिक्षकको मनोनयन भइसकेको छ । त्यसमध्येबाट अवार्ड कार्यक्रमको दिन विजेता घोषणा हुनेछ ।

पिपल्स च्वाइस विधाको मनोनयन पनि सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइस विधाको मनोनयनमा गुलसन झा (क्रिकेट), कविता भट्ट (भलिबल), मानमती विष्ट (कबड्डी), प्रीति राई (फुटबल) र श्रीराम श्रेष्ठ (रग्बी) रहेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →