← समाचारमा फर्कनुस्
Football Aug 16, 2026 · Swadesh

पल्सर पिपल्स च्वाइस अवार्डमा ५ अनुहार, भोटिङको प्रक्रियामा नयाँ शैली

पल्सर पिपल्स च्वाइस अवार्डमा ५ अनुहार,  भोटिङको प्रक्रियामा नयाँ शैली

काठमाडौँ, साउन ३१ गते ।

नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै २३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधामा पर्नेमा भलिबलकी मिना सुनार, फुटबलर पुजा राना, कराते खेलाडि सानुमाया थिङ, क्रिकेटर शेर मल्ल र मिक्स मार्सल आर्ट्स, एमएमएका रविन्द्र ढाँट रहेका छन् ।



आइतवार नै नेपाल खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी खल्ती बाई आईएमईबिच आइतबारै भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता भएको छ । सम्झौता पत्रमा खल्ती बाई आइएमईकी मेनेजर पुजा धामी र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले हस्ताक्षर गरेका थिए। एनएसजेएफले पिपल्स च्वाइस अवार्डको मत खल्ती मार्फत गर्नेछ।

सो अवसरमा धामीले यस वर्ष पनि जोडिन पाउँदा खुशी लागेको बताउँदै खेलाडीको सम्मानमा मञ्चले गर्ने यो ग्रान्ड कार्यक्रम सरहानीय कार्य हो, भनिन् । यसैगरी मञ्चका अध्यक्ष अधिकारीले आईएमई खल्ती परिवारप्रति कृतज्ञता व्यक्त गर्दै खल्तीले स्पोट्र्स अवार्डलाई थप उचाइमा लग्ने विश्वास व्यक्त गरे ।

यसैगरी महासचिव अञ्जन खड्काले यस सम्झौताले स्पोट्र्स अवार्डलाई थप उचाइमा लैजाने अभियानमा आईएमई खल्ती परिवारप्रति निरन्तर सहकार्यका लागि आभार व्यक्त गरे । एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले पिपल्स च्वाइस पल्सर स्पोट्सको मुटु हो, भने । मनोनयनमा परेका खेलाडी महिनाभरी यी खेलाी चर्चामा रहने भएकोले चर्चा पिपल्स च्वाइस अवार्डले स्पोट्र्स अवार्डकै ओज बढाउने काम गरेको बताए ।


भोटिङमा नयाँ शैली

पिपल्स च्वाइस विधाको भोटिङ प्रक्रियामा एनएसजेएफले यसपाली नयाँ शैली अपनाउने निर्णय गरेको छ।

विगतका वर्षमा आफ्नो मनपर्ने खेलाडीलाई भोट हाल्न समर्थकहरुले जति पनि रुपैंया हाल्न पाइन्थ्यो। तर यसपाली एक समर्थकले एक दिनमा एक भोट मात्र हाल्न पाउनेछ। जसको लागि १० रुपैँया मात्र राख्न पाउने नियम बनाइएको छ।

अर्थात अब एक समर्थकले एक युजरबाट दिनमा १ पटक मात्र भोट हाल्न सक्नेछ। तर भोट भने प्रत्येक दिन हाल्न पाइनेछ।  

मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले यो परिवर्तन बारे भने, " विगतमा समर्थकले चाहे जति रकमको भोट एकसाथ हाल्न पाइन्थ्यो।  यसले गर्दा योग्य उम्मेदवार भन्दा पनि अन्यले मौका पाउने आलोचना वढ्यो। मञ्चको उदेश्य नाफा कमाउने नभई योग्य उम्मेदवार अगाडि आउन भन्ने हो। त्यसैले यो नयाँ तरिका अपनाइएको हो। हामीलाई विश्वास छ, यो तरिकामा सबै पक्ष खुशी हुनेछ। "


छानिने तरिका

विजेता आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका राष्ट्रिय प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट खल्ती बाई आइएमइमा प्राप्त मतका आधारमा चुनिने छ । भोटिङ पार्टनर आईएमई खल्तीको मतभार ५० प्रतिशत हुनेछ भने बाँकी ५० प्रतिशत मतभार सामाजिक सञ्जाल फेसबुक, नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यहरुबाट प्राप्त मतको हुनेछ ।

फेसबुकबाट मत दिंदा एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्नेछ । यो विधाका विजेताले पल्सर मोटरसाइकल जित्नेछ । गत वर्ष पिपल्स च्वाइसको अवार्ड भलिबलका हिमाल सुनारीले प्राप्त गरेका थिए । ५० प्रतिशत मतभार रहने डिजिटल वालेट आइएमइ खल्तीमा भोटिङ नै सुरु भइसकेको छ ।


उत्साहित खेलाडी

एसियाली खेलकुदको इन्डिभिजुयल काता र टिम कातामा छानिएकी कराते खेलाडी सानुमाया थिङले पिपल्स च्वाइसको मनोनयनमा परेको खुशी ब्यक्त गरिन्।

उनले भनिन् , " यो सफलताको लागि म कराते परिवार, प्रशिक्षक मण्डेकाजी श्रेष्ठ र अन्य सबैलाई धन्यवाद दिन चाहन्छु। यसले मेरो खेल करिअरमा नयाँ उर्जा थपिएको मैले महशुश गरेको छु।"

त्यस्तै भलिवलकी चर्चित युवा खेलाडी मीना सुनारले पनि पिपल्स च्वाइसमा छानिन पाउनुलाई गर्वको विषय भनी ब्याख्या गरिन्। मीना पनि एसियाली खेलकुदको बन्द प्रशिक्षणमा छिन्। आइतबार पत्रकार सम्मेलनमा पूजा, रविन्द्र र शेर विदेशमा रहेकाले उपस्थित थिएनन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →