← समाचारमा फर्कनुस्
Top Headlines Jun 22, 2023 · Shishir

पब्जी टोली मकाउ प्रस्थान

पब्जी टोली मकाउ प्रस्थान

पब्जी मोबाइलमा सहभागी हुन ५ सदस्यीय नेपाली टोली बुधबार मकाउ प्रस्थान गरेको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र सदस्य अञ्जन धमलाले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
सुविनकुमार प्रजापति (रुल्ज) को नेतृत्वमा जाने टोलीका अन्य खेलाडीमा साहस भण्डारी (किलर वाइटी), समिर गुरुङ (ग्यान्टे), दिपेश गुरुङ (डेल्टा) र संगिन भट्टराई (साङ) रहेका छन् ।

एसियाली खेलकुदको छनोटका रुपमा समेत रहेको पब्जी मोबाइलमा २४ टिमको सहभागिता रहने बताइएको छ । पब्जी मोबाइल जुन २३ देखि २६ तारिखसम्म हुनेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले नेपालमा पनि इ स्पोर्ट्सको लोकप्रियता बढ्दै गएको धारणा व्यक्त गर्दै परिषद्मा दर्ता भएका अन्य खेल सरह यो खेललाई पनि अभिभावकत्व प्रदान गर्ने बताए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →