← समाचारमा फर्कनुस्
Other Sports Jul 31, 2024 · Swadesh

पेरिस ओलम्पिकबाट प्रिन्स पनि बाहिरिए

पेरिस ओलम्पिकबाट प्रिन्स पनि बाहिरिए

काठमाडौं । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल जितविहीन रहँदै पेरिस ओलम्पिक २०२४ बाट बाहिरिएका छन्। 

मेन्स सिंगल्सतर्फ समूह ‘पी’ को आफ्नो अन्तिम खेलमा बुधबार प्रिन्स इजरायलका मिसा गिल्बरम्यानसँग २–० को सेटमा पराजित भएका हुन्।  

पहिलो सेटमा प्रिन्स १२–२१ ले पराजित भए। यो सेट १६ मिनेट चेलेको थियो। २० मिनेटको दोस्रो सेट पनि प्रिन्सले १०–२१ ले गुमाए। प्रिन्स पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग २–० को सेटमा पराजित भएका थिए। डेनमार्कका भिक्टरविरुद्ध उनले पहिलो सेट २१–८ ले गुमाए। दोस्रो सेटमा पनि उनी २१–६ ले पराजित भए।

दोस्रो खेलमा विश्व वरीयताको ४३औं स्थानमा रहेका आयरल्यान्डका हात गुएनले प्रिन्सलाई २१–७ र २१–५ को सेटमा पराजित गरे।

प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिकमा आफ्नो स्थान पक्का गरेका थिए। योसँगै पेरिस ओलम्पिक २०२४ मा सहभागी सातमध्ये ६ नेपाली खेलाडी बाहिरियका छन्।

यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल,जुडोकी मनिता श्रेष्ठ प्रधान र पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह बाहिरिइसकेका छन्। अब सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्न बाँकी छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →