← समाचारमा फर्कनुस्
Other Sports Jul 28, 2024 · Swadesh

प्रिन्स दाहाल भिक्टर एक्सल्सनसँग पराजित

प्रिन्स दाहाल भिक्टर एक्सल्सनसँग पराजित

काठमाडौं । नेपाली ब्याडमिन्टनका स्टार खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ को समूहचरणको पहिलो खेलमा पराजित भएका छन्।

शनिबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग उनी सहजै पराजित भएका हुन्।दुई सेट खेलका प्रिन्सले भिक्टरलाई चुनौती दिन सकेनन्। पहिलो सेट २१-८ ले गुमाए। दोस्रो सेटमा पनि उनी २१-६ ले पराजित भए।

समूह ‘पी’ मा रहेका प्रिन्सको यो हारसँगै अन्तिम १६ मा पुग्ने सम्भावना कमजोर भएको छ। उनले दोस्रो खेल आयरल्यान्डका नियात न्युयेनसँग खेल्ने छन्। यस्तै, समूहचरणको अन्तिम खेल इजरायलका मिसा जिल्बरम्यानसँग खेल्नेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →