← समाचारमा फर्कनुस्
Other Sports Jul 30, 2024 · Swadesh

प्रिन्सको लगातार दोश्रो हार

प्रिन्सको लगातार दोश्रो हार

नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा मंगलबार पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा भएको समूह ‘पी’ को खेलमा विश्व वरीयताको ४३ औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे । गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो । पहिलो सेटको नतिजा १७ मिनेटमा आफ्नो पक्षमा पारेका गुयेनले दोश्रो सेट जित्न १८ मिनेट खर्चे।


प्रिन्सको सर्भिसमा गुयेनले पहिलो सेटमा ६ र दोश्रो सेटमा ४ अंक जोडेका थिए । आफूनो सर्भिसमा भने गुयेनले पहिलो सेटमा १५ र दोश्रो सेटमा १७ अंक बटुलेका थिए । गुयेनको ओलम्पिकमा यो लगातार दोश्रो सहभागिता  हो । उनले टोकियो ओलम्पिक २०२० पनि खेलेका थिए ।

विश्व वरीयतामा १ सय ७२ औं स्थानमा रहेका प्रिन्सको यो लगातार दोश्रो हार हो । समूह चरणको पहिलो खेलमा पूर्व जुनियर नम्बर वान प्रिन्स विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसंग २१–८ र २१–६ को सोझो सेटमा चुकेका थिए । समूह चरणको अन्तिम खेलमा प्रिन्सले ५८ औं विश्व वरीयताका इजरायलका मिसा जिल्बरम्यानसंग बुधबार प्रतिस्पर्धा गर्ने छन् । कठिन मानिएको समूह ‘पी’ मा प्रिन्ससहित ४ खेलाडी छन् ।
ओलम्पिकमा ब्याडमिन्टन नेपालका लागि ‘डेब्यु’ खेल हो । सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले ओलम्पिकमा भाग लिन सुरु गरेएता ब्याडमिन्टनमा पहिलोपटक सहभागिता जनाएको हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →