← समाचारमा फर्कनुस्
Other Sports Jul 19, 2024 · Swadesh

राष्ट्रपति पौडेलद्वारा ओलम्पिकमा सहभागी हुने खेलाडीको विदाइ

राष्ट्रपति पौडेलद्वारा ओलम्पिकमा सहभागी हुने खेलाडीको विदाइ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेको नेपाली खेलाडीहरूलाई विदाइ गरेका छन्। 

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति पौडेलले खेलाडीहरूलाई विदाइ गरेको हो।

 सो अवसरमा राष्ट्रपति पौडेलले खेलकुद भनेको राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताए। उनले हार र जित खेलको पाटो भएको बताउँदै ३३औँ गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाडीहरूले देशको प्रतिष्ठा उँचो बनाउनेमा विश्वास व्यक्त गरे। 

राष्ट्रपति पौडेलले दृढ सङ्कल्प र अठोटका साथ ओलम्पिकमा सहभागी हुन खेलाडीहरूलाई सुझाव दिए। राष्ट्रपति पौडेललेले भने ‘आफ्नो नाभिदेखि बल लगाएर प्रतियोगितामा सहभागी हुनुहोस्, सफलता आफै आउँछ। हामी सबै नेपाली तपाईँहरूका साथमा छौ।’

ओलम्पिकमा नेपालको नयाँ रेकर्ड कायम गरेर फर्कनुहुनेछ भन्ने आफू आशावादी रहेको बताए। सोही कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको ‘सेभ द मिसन’ रहेका राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टङ्कलाल घिसिङलाई नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरेका थियो।

खेलाडी विदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसहित ३३औँ गृष्मकालीन पेरिस ओलम्पिकमा नेपालबाट प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियलहरूको सहभागिता रहको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →