← समाचारमा फर्कनुस्
Football Sep 02, 2025 · Swadesh

प्रिमियर लिगको खर्च तीन अरब पाउन्डमाथि

प्रिमियर लिगको खर्च तीन अरब पाउन्डमाथि

इंग्लिस प्रिमियर लिग क्लबहरूले ‘ट्रान्सफर विन्डो’ बन्द हुन अगाडि मंगलबारसम्म खेलाडी किन्नमा कीर्तिमान तीन अरब पाउन्ड भन्दा बढी खर्चेका छन् । अगस्टको ३१ सम्म क्लबको खर्चले दुई अर्ब ७३ करोड छोएको थियो ।

 

तर त्यसपछि लिभरपुलले कीर्तिमान रकम १२ करोड ५० लाख पाउन्डमा न्युकासल युनाइटेडबा एलेक्जान्डर इसाक किनेको थियो । यसले समग्र खर्च बढेर तीन अर्ब पाउन्ड पुगेको हो ।


गत सिजनको यही समयको खर्चको तुलनामा अहिलेको रकममा अत्याधिक बढेको छ । गत सिजन यही समयको खर्च एक अर्ब ९६ करोड पाउन्ड मात्रै रहेको थियो ।


अहिले प्रिमियर लिगका क्लबले खर्चेको रकम युरोपका अन्य प्रमुख लिग बुंडेसलिगा, ला लिगा, लिग वान र सिरी ए सबैको जोडेर खर्चेको रकम भन्दा पनि बढी रहेको छ । यसपल्ट सबैभन्दा बढी खर्चिने क्लबमा क्रमशः लिभरपुल, चेल्सी, आर्सनल, न्युकासल युनाइटेड, म्यानचेस्टर युनाइटेड र नटिङघम फरेस्ट रहेका छन् ।

 

गत सिजन खेलाडी किनबेचमा चुपचाप जस्तै रहेको लिभरपुलले यसपल्ट ठीक विपरित नीति लिएको छ । लिभरपुलले यसपल्ट खेलाडी किन्न ४१ करोड पाउन्ड भन्दा बढी खर्चेको छ । यस्तै उनले आप्mना खेलाडी बेचेर १८ करोड पाउन्ड भन्दा बढी कमाएको पनि छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →