← समाचारमा फर्कनुस्
Football Aug 31, 2025 · Swadesh

इत्तिहादको जितमा प्रितीको पनि गोल

इत्तिहादको जितमा प्रितीको पनि गोल

नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रिति राईको सम्मिलित क्लब इत्तिहाद क्लबले एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक चरणको अन्तिम खेलमा सानदार जित निकालेको छ। हाङ जेबात रंगशालामा भएको खेसमा केलना युनाइटेडलाई ४–० ले पराजित गरेको हो। यस खेलमा प्रिति राईले पनि एक गोल गरेकी छिन्।


खेलमा २३औं मिनेटमा इनास अलजमाअिनको  पासमा रोउजबाहन फ्राइजले गोल गर्दै इत्तिहादलाई अग्रता दिलाइन्। त्यस्तै खेलको ३१औं मिनेटमा फ्राइजको क्रसलाई क्लियर गर्ने प्रयासमा केलेनाकी शलिका अरेलियाले आत्माघाती गोल गरिन र इत्तिहादको अग्रता दोब्बर बनाए। 


त्यसरीनै खेलको ६८औं मिनेटमा सिडालिया कुटाको क्रसमा प्रीतिले भलीसट प्रहार गर्दै गोल गरेकी थिईन ।खेलको ८७औं मिनेटमा प्रिति राईलाई डि-बक्स भित्र लडाएपछि इत्तिहादले पेनाल्टी पायो। उक्त पेनाल्टीलाई कुटाले सजिलै गोल गर्दै टोलीलाई ४–० गोलको डित दिलाईन्।


इत्तिहादले समूह सी मा ६ अंक सहित दोस्रो स्थानमा रहेको छ। नकआउट चरणमा प्रवेश पाउने–नपाउने कुरा भने अन्य समूहहरूको नतिजापछि मात्रै पक्का हुनेछ। टोलीलाई उत्कृष्ट दोस्रो स्थान बन्ने सम्भावनामा अझै पर्खिनुपर्ने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →