← समाचारमा फर्कनुस्
Volleyball Apr 07, 2023 · Nepalsports

पोष्टबहादुर स्मृति भलिबल प्रतियोगिता चैत २८ गतेदेखि हुने

पोष्टबहादुर स्मृति भलिबल प्रतियोगिता चैत २८ गतेदेखि हुने

काठमाडौ- नेकपा माओवादीका नेता स्व.पोष्टबहादुर बोगटीको सम्झनामा प्रथम पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता चैत २८ देखि वैशाख २ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कर्भड हलमा हुनेछ।

नेपाल भलिबल संघसँगको सहकार्यमा हुने प्रतियोगितामा तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफसँगै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भलिबल टिम सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले ४ लाख, उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख र चौथो टिमले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट सर्भर, स्पाइकर, सेटर, लिबेरो, ब्लक र प्रशिक्षकले १०÷१० हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले भने १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →