← समाचारमा फर्कनुस्
काभा भलिबलमा पुलिसको विजयी सुरुआत

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।
माल्दिभ्सको मालेमा आइतबार सम्पन्न खेलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सेटमा पराजित गरेको हो।
पुलिसले पहिलो सेट २५–१९, दोस्रो सेट २७–२५, तेस्रो तथा अन्तिम सेटमा २५–१९ ले सहज जित हासिल गर्यो।
जितसँगै पुलिसले तीन अंक हासिल गरेको छ।
पुलिस गत जेठमा भएको आठौं एनभीए राष्ट्रिय भलिबल लिगको विजेताका रूपमा सो प्रतियोगितामा सहभागिता जनाएको हो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |