← समाचारमा फर्कनुस्
Martial Arts Jun 30, 2026 · Swadesh

पुलिस टिम कुस्ती च्याम्पियन

पुलिस टिम कुस्ती च्याम्पियन

काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लब चौथो रामवृक्ष यादव स्मृति राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिताको टिम च्याम्पियन बनेको छ।

नेपाल कुस्ती संघको आयोजनामा सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न प्रतियोगितामा नेपाल पुलिस क्लबले पाँच स्वर्ण पदक जित्दै टिम च्याम्पियन बनेकाे हाे।

यस्तै, दुई स्वर्ण पदकसहित त्रिभुवन आर्मी क्लब उपविजेता बन्यो भने एक स्वर्ण पदक जितेको मधेस प्रदेश तेस्रो स्थानमा रह्यो।

प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, विशेष अतिथि रावृक्ष यादव फाउन्डेसनकी अध्यक्ष बोधमाया यादव, नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुशमरीलगायतका अतिथिहरूले विजेता खेलाडी तथा टोलीलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए।

च्याम्पियन टिम पुलिस क्लबकी मनिषा सिंह महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका छन्। महिलातर्फको ५३ केजी तौल समूहमा स्वर्ण पदक जित्दै उत्कृष्ट खेलाडी बनेका सिंहलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, रामवृक्ष यादव फाउन्डेसनकी अध्यक्ष बोधमाया यादवले ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरे। 

मधेस प्रदेशका सुजित यादव पुरुषतर्फ उत्कृष्ट खेलाडी बनेका छन्। ७४ केजी ताैल समूहमा स्वर्ण पदक विजेता यादवलाई श्रेष्ठ यादवलगायतका अतिथिले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे।

यस्तै, राखेपका सदस्य–सचिव रामचरित्र मेहताले आइतबार प्रतियोगिताको एक कार्यक्रमबीच उद्घाटन गरेकाे थिए। प्रतियोगितामा ५७ खेलाडीले विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा गरे। प्रतियाेगितामा सात प्रदेशसहित तीन विभागीय टाेलीकाे सहभागिता रहेकाे थियाे। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →