TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Volleyball Feb 09, 2026 · Swadesh

हुर्रा सोसाइटीलाई सोझै सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रा सोसाइटीलाई सोझै सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

काठमाडौं। नेपाल पुलिस क्लब काभा वुमन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।


आइतबार माल्दिभ्सको मालेस्थित सोसाइटी सेन्टस इन्डोर हलमा सम्पन्न खेलमा पुलिसले घरेलु टोली हुर्रा सोसाइटी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।


पुलिसले पहिलो सेट २५–१९ ले जित्यो भने प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २६–२४ ले आफ्नो पक्षमा पार्‍यो। तेस्रो सेटमा भने पुलिसले २५–१६ को सहज जित निकाल्दै खेल आफ्नो नाममा लेखायो।


यस जितसँगै पुलिस सेमिफाइनलमा पुगेको छ। सेमिफाइनलमा पुलिसले समूह ‘ए’ को विजेता कजाकिस्तानको तुरान भलिबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल सोमबार हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →