TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Volleyball Jan 31, 2026 · Swadesh

टाइगर कपको उपाधिका लागि गण्डकीसँग खेल्ने टोली परिवर्तन, पुलिसले फाइनल खेल्ने

टाइगर कपको उपाधिका लागि गण्डकीसँग खेल्ने टोली परिवर्तन, पुलिसले फाइनल खेल्ने

पोखरा। छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।


पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेल पाँचौं सेटमा पुगेपछि गण्डकी र पर्वत दुबै फाइनलमा पुगेको घोषणा गरिएको थियो। तर, सेट रेसियोमा पुलिस अगाडि भएको भन्दै आयोजनक टाइगर ग्रुप अफ पोखरा नेपालले प्रेस विज्ञप्ती जारी गर्दै फाइनलमा गण्डकी र पुलिसबिच प्रतिष्पर्धा हुने जानकारी गराएको हो।


ुफाइनल खेल घोषणा गर्ने क्रममा प्राविधिक त्रुटिका कारण गलत सूचना प्रवाह हुन गएको थियो। शनिबार हुने पुरुषतर्फको फाइनल खेल गण्डकी प्रदेश भलिबल संघ र नेपाल पुलिस क्लबबीच हुने आधिकारिक जानकारी गराउदछौं,ु विज्ञप्तीमा भनिएको छ।


अब छैटौं टाइगर कपको उपाधिका लागि शनिबार गण्डकी र पुलिस प्रतिष्पर्धा गर्नेछन्। उक्त खेल दिउँसो २ बजेबाट सुरु हुनेछ। तेस्रो स्थानका लागि पर्वत जिल्ला भलिबल संघ र त्रिभुवन आर्मी क्लब भिड्नेछन्। उक्त खेल उक्त खेल बिहान ११ बजेबाट सुरु हुनेछ। 


विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६, उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोली २ लाख ६ हजार ६६६ रुपैयाँ पाउनेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →