← समाचारमा फर्कनुस्
Volleyball Jan 02, 2026 · Swadesh

पुलिस र न्यु डाइमन्ड उपाधिका लागि खेल्ने

पुलिस र न्यु डाइमन्ड उपाधिका लागि खेल्ने

काठमाडौं। नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डाइमन्ड स्पोर्ट्स युथ क्लबबीच हुने भएको छ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। यससँगै पुलिसले न्यु डाइमन्डसँगको उपाधि भिडन्त तय गरेको छ।


यसअघि शुक्रबार नै न्यु डाइमन्डले अर्को विभागीय टोली एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा पक्का गरिसकेको थियो।


सेमिफाइनल खेलमा पुलिसले पहिलो सेट २५–१२ ले सहजै आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेटमा भने कडा प्रतिस्पर्धापछि २९–३१ ले गुमाएको पुलिसले त्यसपछि सशक्त पुनरागमन गर्दै तेस्रो सेट २५–१४ र चौथो सेट २५–१८ ले जित निकाल्दै फाइनलमा प्रवेश गर्‍यो।


अब पुलिस र न्यु डाइमन्डबीचको फाइनल भिडन्तले उपाधिका लागि रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →