← समाचारमा फर्कनुस्
Volleyball Feb 10, 2026 · Swadesh

पुलिस सेमिफाइनलमा चुक्यो, तुरान फाइनलमा प्रवेश

पुलिस सेमिफाइनलमा चुक्यो, तुरान फाइनलमा प्रवेश

काठमाडौं। साविक विजेता नेपाल पुलिस क्लब काभा वुमन्स लिगको सेमिफाइनलमा तुरान भलिबल क्लबसँग पराजित भएको छ।


सोमबार माल्दिभ्सको मालेस्थित शोसियल सेन्टर इन्डोर हलमा सम्पन्न खेलमा पुलिसले ३–० को सोझो सेटमा हार व्यहोरेको हो। पहिलो सेट २५–१४, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–११ ले पुलिस पराजित भयो।


यस हारसँगै पुलिस क्लब अब तेस्रो स्थानको लागि खेल्नेछ। पुलिसले तेस्रो स्थानको लागि श्रीलंकाको हिर्दारामानी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।


अर्कोतर्फ, तुरान भलिबल क्लब सहज जीतसँगै फाइनलमा प्रवेश गरेको छ। तुरानले अब इरानको फुलाद क्लबसँग उपाधिका लागि खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →