← समाचारमा फर्कनुस्
एभरेष्ट महिला भलिबल लिगमा पोखरा निन्जाजको आगमन

काठमाडौं। एभरेष्ट महिला भलिबल लिगमा नयाँ टोलीको औपचारिक प्रवेश भएको छ।
दोस्रो संस्करणको लागि पोखरा निन्जाज नामक नयाँ टोलीको घोषणा भएको हो। यो सँगै यो संस्करणमा ७ टोलीको सहभागिता रहने भएकोछ। गत संस्करणमा नेपालभरीका छ वटा टोलीहरुले सहभागिता जनाएका थिए।
यसपटक पोखरा निन्जाज गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै लिगमा सहभागी हुँदैछ। यस्तो प्रदेश जसको भलिबलप्रतिको सम्बन्ध गहिरो र लामो इतिहास बोकेको छ। सन् २०१७ मा राष्ट्रिय खेलको मान्यता पाएको भलिबल गण्डकी प्रदेशको सांस्कृतिक पहिचानसँग पनि जोडिएको छ। गण्डकी प्रदेशले लामो समयदेखि राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्दै आएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |