← समाचारमा फर्कनुस्
Other Sports Jul 30, 2025 · Swadesh

पोखरा महानगर २२औं पल्सर स्पोर्टस अवार्डको प्रवर्धक

पोखरा महानगर २२औं पल्सर स्पोर्टस अवार्डको प्रवर्धक

काठमाडौं। पोखरामा पहिलोपटक आयोजना हुन लागेको २२औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको लागि पोखरा महानगरपालिकाले प्रवर्धकका रुपमा रहने भएको छ। 

आगामी भदौ २९ गते आयोजना हुने अवार्डका बुधवार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र पोखरा महानगरपालिकाबीच अवार्ड प्रवर्धनका लागि सम्झौता भएकाे हाे। 

सम्झौतापत्रमा मञ्चकातर्फबाट अध्यक्ष निरञ्जन अधिकारी र महानगरकातर्फबाट मेयर धनराज आचार्यले हस्ताक्षर गरे। 

पोखरा भ्रमण वर्ष २०२५ को अवसर पारेर पोखरा इभेन्ट सेन्टरमा हुन लागेको अवार्डलाई महानगरपालिकाले आर्थिक तथा नैतिक सहयोग गर्ने मेयर आचार्यले बताए। 

उनले भने-‘पोखरा देशका ठूला अन्तर्राष्ट्रिय कार्यक्रमका लागि योग्य शहर हो। देशको प्रतिष्ठित खेलकुद अवार्ड पोखरामा आयोजना हुंदा यसले पोखराको गरिमा र यहाँको खेलकुद क्षेत्रको परिचयलाई थप बलियो बनाउने मलाई विश्वास छ। यसमा महानगरपालिकाको आर्थिक र नैतिक सहयोग रहनेछ।’

पर्यटनको राजधानी पोखरामा प्रत्येक साता ठूला इभेन्टहरु हुने गरेको बताउँदै मेयर आचार्यले पोखरालाई खेलकुद पर्यटनको पनि राजधानी बनाउने अभियानमा लागेको बताए।

त्यस्तै मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले काठमाडौं बाहिर अवार्ड समारोह गर्नु निकै चुनौतीपुर्ण रहेको बताउँदै तथापी अवार्डलाई देशब्यापी रुपमा आयोजना गर्ने उदेश्यले चुनौती स्विकार गरेको बताए। 

उनले पोखरा महानगरपालिकाको साथका कारण अवार्ड कार्यक्रम पोखरामा ल्याउन सफल भएको पनि बताए। अध्यक्ष अधिकारीले भने, “ यो वर्ष पोखरा भ्रमण पनि भएकोले त्यस अभियानमा अवार्डले थप सहयोग पुर्याउन सक्नेछ।” 

अवार्डलाई प्रवद्र्धकको रुपमा साथ दिएकोमा उनले महानगरपालिकाका मेयर आचार्य र महानगरपालिका परिवार तथा सम्पूर्ण पोखरावासीप्रति धन्यवाद ज्ञापन गरे। 

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड विश्वभरका खेल पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआइपिएस) र एसियाली खेलुकद पत्रकार महासंघ (एआइपिएस एसिया) को नियमित क्यालेन्डर इभेन्ट हो। 

यसैगरी एनएसजेएफ गण्डकीका अध्यक्ष एमबी आस्थाले अन्तर्राष्ट्रिय स्तरको अवार्ड पोखरामा हुनुलाई आफूहरुले निक्कै उत्साहका साथ लिएको बताए।उनले केन्द्रिय अवार्ड आयोजनाका सबै पक्षमा संलग्न हुन त्यसले भविष्यमा गण्डकी स्पोर्टस अवार्डका लागि पनि सहयोगी हुने विश्वास व्यक्त गरे।

अध्यक्ष आस्थाले अवार्ड आयोजनाका लागि पोखरा रोजेकोमा मञ्च केन्द्रलाई धन्यवाद दिए। साथै उनले प्रवद्र्धकको रुपमा सहयोग गरेकोमा महानगरपालिकालाई पल्सर स्पोर्टस अवार्डमा स्वागत गरे।

त्यसैगरी महासचिव खड्काले पोखरा पर्यटन, खेलकुद र इभेन्टको मात्र नभई खेल पत्रकारिताको दृष्टिले पनि देशको एउटा महत्वपूर्ण र सशक्त सहर भएको विचार राख्दै अवार्डको सफलताका लागि सम्पूर्ण पोखरेली पत्रकारहरुलाई सहयोगको आह्वान गरे।

अवार्डमा विभिन्न १० विधामा खेलाडी तथा खेलकर्मी पुरस्कृत हुने जानकारी गराए। अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, टिम अफ दी इयर, स्पेशल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डका विधा समावेश छन्। 

उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले जनही पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् भने अन्य विधाका विजेतालाई नगद १ लाख रुपैयाँको दरले पुरस्कृत गरिने मञ्चका महासचिव अञ्जन खड्काले जानकारी गराए। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →