← समाचारमा फर्कनुस्
पोखराको पहिलो जित

काठमाडौं। एभरेस्ट महिला भलिबल लिगमा पोखरा निन्जार्सले पहिलो जित हासिल गरेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा बुधवार सम्पन्न दिनको दोस्रो खेलमा पोखराले ललितपुर क्विन्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
पहिलो सेटमा पोखरा २५-२३, दोस्रो सेट २५-१३ ले आफ्नो पक्षमा पारेको पोखराले तेस्रो सेटमा पनि २५- ले जित्यो।
जितसँगै पहिलो जित हासिल गरेको पोखराको चार खेलबाट चार अंक छ। यता समान खेलबाट ९ अंक रहेको ललितपुरले भने फाईनल प्रवेशको लागि अर्को खेल कुर्नुपर्ने भएको छ। पोखरामा भएको यसअघिका तीनै खेलमा पोखरा पराजित भएको थियो।
जेनजी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधबारबाट काठमाडौंमा पुन: सुचारू भएको हो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |