← समाचारमा फर्कनुस्
Volleyball Jun 03, 2024 · Swadesh

एनभिए भलिबल लिग : सोमबार पनि ६ खेल

एनभिए भलिबल लिग : सोमबार पनि ६ खेल

काठमाडौं । आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा सोमबार पनि ६ खेल हुने भएका छन्।

नेपाल भलिबल संघ आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगितामा शनिबार र आइतबार पनि महिला तथा पुरुषतर्फ गरि ६ खेल भएका थिए।

तेस्रो दिनअन्तर्गत महिलातर्फ विभागीय टोली नेपाल सशस्त्र प्रहरी बलको एपिएफ र कर्णाली खेलकुद विकास परिषद् भिड्ने छन्। यो खेल बिहान ८ बजे सुरु हुने छ। १० बजे हुने दोस्ररो खेलमा एभरेस्ट भलिबल क्बलले अर्को विभागीय टोली नेपाल आर्मीको सामना गर्ने छ।

पुरुषतर्फ १२ बजे विभागीय टोली नेपाल पुलिस क्लब र बूढानीलकण्ठ भलिबल क्लब भिड्ने छन्। उक्त खेल सकिएपछि हेल्प नेपाल स्पोर्ट्स क्लब र सुदूपश्चिम स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुने छ।

अपरान्ह्र चार बजे विभागीय डर्बीमा आर्मी र एपिएफ भिड्ने छ। दिनको अन्तिम प्रतिस्पर्धा भने गण्डकी प्रदेश भलिबल एसोसिएसन र कोशी प्रदेश खेलकुद विकास बोर्डबीच हुने छ। यो खेल बेलुका ६ बजेबाट सुरु हुने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →