← समाचारमा फर्कनुस्
Martial Arts Jul 25, 2024 · Swadesh

सिंगापुरका लागि खेलाडी विधाई

सिंगापुरका लागि खेलाडी विधाई

सिंगापुरमा यही जुलाई २७ र २८ गते आयोजना हुने छैठौ सिगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनमा सहभागी हुने नेपाली टोलीलाई विधाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव अन्जन धमलाले खेलाडीहरुलाई विधाई गर्नु भएको हो ।

टोलीमा पाँच जना महिला र छ जना पुरुष खेलाडी छन् । टिम प्रशिक्षकमा विशाल थापा रहनु भएको उसु महासंघका महमासचिव नवराज ढुंगानाले जानकारी दिनुभएको छ । विधाई गर्नु हुदै निमित्त सदस्य सचिव धमलाले देशको झण्डा उच्च राख्न खेलाडीहरुले अनुशासित भई खेल्नु पर्नें बताउनुभयो ।

सहभागी खेलाडीहरुमा हिमान्सु खड्का, सफल पाठक, भवेश खड्का, समिर बस्नेत, रिदम गोले र एलिस मार्लीक छन् । यस्तै वविता ठाडा मगर, अपेक्षा लामा, सेरिना पराजुली, फुर्पिग्याल्मो तामाङ र यन्चेन्ला इलावा छन् ।

  

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →