← समाचारमा फर्कनुस्
Cricket Apr 17, 2026 · Swadesh

मुम्बईको कमजोर प्रदर्शनमा पंजाव अगाडि

मुम्बईको कमजोर प्रदर्शनमा पंजाव अगाडि

पंजाव किंग्सले बिहीबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा मुम्बई किंग्सलाई सजिलै सात विकेटले हरायो । वानखेडेमा भएको खेलमा जितका लािग १ सय ९६ रन पछ्याएको पंजावले तीन विकेट मात्र गुमाएर १ सय ९८ रन बनायो ।


त्यसमा प्रभसिमरम सिंहले ८० रनको योगदान दिए । उनले ३९ बलको मात्र सामना गरे र ११ चौका तथा दुई छक्का प्रहार गरे । कप्तान श्रेयष अयरले भने ६६ रनको योगदान गरे ।


त्यस अगाडि मुम्बईले क्विटन डे ककको १ सय १२ रनको मदतले छ विकेटमा १ सय ९५ रन बनाएको थियो । उनले ६० बलको सामना गरे र यसक्रममा आठ चौका र सात छक्का प्रहार गरे ।  


यो जितपछि पंजावको पाँच खेलबाट नौ अंक भएको छ । मुम्बई भने कमजोर प्रदर्शन गर्दै दुई अंकमा नवौं स्थानमा छ । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →