पलेशा र नेगी सम्मानित

काठमाडौं। मलेयसयाको कुचिङमा भएको दसौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) की कांस्य पदक पलेशा गोर्वधन र उनका प्रशिक्षक कविराज नेगी लामालाई राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय युवा तथा खेलकुद विभागले सम्मान गरेको छ।
अन्तराष्ट्रिय युवा दिवस २०२५ को उपलक्ष्यमा आयोजना गरिएको फ्यूचर लिडर्स समिट २०२५ को अवसरमा रास्वपाको केन्द्रिय युवा तथा खेलकुद विभागका प्रमुख तोसिमा कार्की र नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा विभागका सदस्य हरिश्वर पोखरेलले पलेशा गोवर्धन र कविराज नेगीलाई सम्मान गरेको हो।
पलेशाले पेरिस २०२४ पारालिम्पिक र हाङझाव एसियन पारा गेम्समा एतिहासिक कांस्य पदक जितेकी थिइन्। आफ्नो करियरमा पलेशाले कुल ६ वटा अन्तराष्ट्रिय अफिसियल मेडल प्राप्त भएको छ जसमा २ स्वर्ण र ४ कास्य पदक रहेको छ।
सन् २०१५ देखि स्वयंसेवक प्रशिक्षक कविराज नेगी लामा अन्तराष्ट्रिय लेवल २ प्रशिक्षक हुन्। पलेशा २०१६ देखि नेगी संगै प्रशिक्षण गरिरहेकी छन्। नेगीको प्रशिक्षणमा हाल सम्म पारा तेक्वान्दो टोली १२ वटा अन्तराष्ट्रिय अफिसियल पदक नेपालले जितेको छ जसमा एसियन च्याम्पियनशिपदेखि वल्र्ड च्याम्पियनसिप र एसियन पारा गेम्स देखि पारालिम्पिक सम्मको पदक छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women