← समाचारमा फर्कनुस्
Martial Arts Sep 04, 2024 · Swadesh

अब हामी गर्वकोसाथ भन्न सक्छौं, हामीसँग पनि ओलम्पिक मेडल छ : पलेशा

अब हामी गर्वकोसाथ भन्न सक्छौं, हामीसँग पनि ओलम्पिक मेडल छ : पलेशा

काठमाडौं । पेरिस पारालम्पिकमा कास्यक पदक विजेता पलेशा गोवर्धनले अब नेपालसँग पनि ओलम्पिक पदक छ भनेर गर्वकासाथ भन्न पाउने इतिहास बनाउन पाउँदा निकै खुसी लागेको बताएकी छिन् । 

बुधबार राष्ट्रिय खेलकुद परिषद्को स्वागत कार्यक्रममा उनले सबैल पलेशाले गोल्ड मेडल लिएर आउँछ भनेर आशा गरिरहेको अवस्थामा त्यो आशालाई आफूले पूरा गरेर फर्किएको भन्दै नेपालसँग पनि ओलम्पिक पदक छ भन्ने इतिहास बनाउन पाउँदा निकै खुसी लागेको बताईन् । 

उनले भनिन्,‘एकदमै खुसी छु म आज किनकी मैले आशा गरेको थिईन कि आज गोल्ड मेडल हात मार्न सक्छु भनेर, सबैले एउटा आशा गर्नुभएको थियो कि पलेशाले गोल्ड मेडल लिएर आउँछ भनेर मैले त्यो पूरा गरेर फर्किएकी छु । यो मेडल मेरो मात्र होईन सबैको हो । अब हामी गर्वकोसाथ भन्न सक्छौं कि हामीसँग पनि एउटा ओलम्पिक मेडल छ ।’ 

विमानस्थलबाट मन्त्री, सदस्यसचिव र पदक विजेता पलेशासहितको गाडीलाई नगर परिक्रमा गराइएको थियो । पलेशालाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्मा पु¥याएर स्वागत गरिएको हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →