← समाचारमा फर्कनुस्
Volleyball Jul 29, 2026 · Swadesh

बंगलादेशलाई हराउँदै पाकिस्तानले जित्यो काभाको उपाधि

बंगलादेशलाई हराउँदै पाकिस्तानले जित्यो काभाको उपाधि

काठमाडौं। पाकिस्तानले बंगलादेशलाई सोझो सेटमा हराउँदै काभा पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।

बुधबार सम्पन्न फाइनलमा पाकिस्तानले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जित्यो। योसँगै पाकिस्तानले काभा पुरुष भलिबल च्याम्पियनसिपको उपाधि तेस्रो पटक जित्न सफल भएको हो।

प्रतिस्पर्धात्मक बनेको पहिलो सेट पाकिस्तानले २५–२० ले आफ्नो पक्षमा पार्यो। त्यसपछि दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१९ ले जित्दै पाकिस्तान च्याम्पियन बन्यो।

यस प्रतियोगितामा पाकिस्तानले कुनै पनि सेट नगुमाई अपराजित रूपमा स्वर्ण पदक जितेको हो। लिग चरणमा उसले क्रमशः श्रीलंका, बंगलादेश, नेपाल, उज्वेकिस्तान र काजाकिस्तानलाई समान ३–० को सेटमा पराजित गरेको थियो।

यस्तै, सेमिफाइनलमा श्रीलंकालाई पनि ३–० को सेटमा हराउँदै पाकिस्तानले फाइनल यात्रा तय गरेको थियो। बंगलादेशले भने सेमिफाइनलमा उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएको थियो।

प्रतियोगितामा बंगलादेश रजत पदकमा सीमित रह्यो भने श्रीलंकाले कास्य पदक जित्यो। तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकाले रोमाञ्चक प्रतिस्पर्धामा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गरेको थियो।

यस्तै, उज्वेकिस्तान चौथो स्थानमा रहँदा काजाकिस्तान पाँचौं भयो। नेपाल भने प्रतियोगितामा कुनै पनि खेल जित्न नसकी पुछारमा रहँदै प्रतियोगिता टुंग्याउन बाध्य भयो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →