← समाचारमा फर्कनुस्
Cricket Aug 06, 2026 · Swadesh

पाकिस्तान ८ विकेटले विजयी

पाकिस्तान ८ विकेटले विजयी

पाकिस्तानले वेस्ट इन्डिजविरुद्धको दोस्रो तथा अन्तिम टेस्ट बिहीबार ८ विकेटले जितेको छ र यससँगै दुई टेस्टको सिरिज १–१ को बराबरीमा समाप्त भएको छ । जितका लागि ७५ रनको मात्र लक्ष्य पाएको पाकिस्तानले २ विकेट गुमाएर पूरा गरेको थियो ।

क्विन्स पार्क ओभलमा भएको टेस्टको चौथो दिन पाकिस्तानका लागि कप्तान बाबर आजम र अब्दुल्लाह सफिक समान २४ रन बनाएर नटआउट रहे । पहिलो इनिङ्समा शतक बनाएका सफिक प्लेयर अफ द म्याच रहे ।

त्यस अगाडि अली उस्मन र साजिद खानले चार चार विकेट लिएपछि वेस्ट इन्डिज दोस्रो इनिङ्समा १ सय १७ रन मात्र बनाएर अलआउट भएको थियो । पहिलो टेस्टमा वेस्ट इन्डिज ९० रनले विजयी रहेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →