← समाचारमा फर्कनुस्
पाकिस्तानको बलियो जवाफ

पाकिस्तानले वेस्ट इन्डिजविरुदको दोस्रो टेस्टको दोस्रो दिन आफ्नो पहिलो इनिङ्स सुरु गर्दै बलियो जवाफ दिएको छ । दोस्रो दिनको खेल समाप्त हुँदा पाहुना टिमले २ विकेट गुमाएर २ सय ६६ रन बनाएको छ । अब पाकिस्तान ७८ रनले मात्र पछाडि छ ।
अब्दुलाह सफिक १ सय ७ रन बनाएर खेलिरहेका छन् र उनलाई कप्तान बाबर आजमले ८६ रन बनाएर साथ दिइरहेका छन् । उनीहरुले तेस्रो विकेटका लागि १ सय ६८ रनको नट आउट साझेदारी गरिसकेका छन् । ओपनर अजान आविसले पनि अर्ध शतक पूरा गर्ने क्रममा ५५ रन बनाए ।
यस अगाडि वेस्ट इन्डिज आफ्नो पहिलो इनिङ्समा ३ सय ४४ रन बनाएर अलआउट भएको थियो । त्यसमा जस्टिन ग्रेभ्सले सर्वाधिक ७३ रन बनाए ।
यस्तै कप्तान रोस्टन चेजले ७० रनको योगदान गरे । उनीहरु दुवै आउट भए पछि बाँकी ब्याटरले थप गतिलो योगदान दिन सकेनन् । पाकिस्तानी बलरमध्ये साजिद खानले ८५ रनमा ४ विकेट लिए । घरेलु टिम दुई टेस्टको सिरिजमा १-० ले अगाडि छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |