← समाचारमा फर्कनुस्
एन्गर्सलाई हराउन पीएसजीलाई गाह्रो

डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग–वानमा शुक्रबार राति एन्गर्सलाई १–० ले हराउन संघर्ष गर्नु परेको छ । लगातार दोस्रो जितपछि पीएसजीको छ अंक भएको छ ।
खेलको निर्णायक गोल भने फाबिन रुइजको नाममा रह्यो । स्पेनी मिडफिल्डरले खेलको ५० औं मिनेटमा एक मात्र गोल गरेका हुन् । पीएसजीका लागि ओसमन डेम्बेला भने पेनाल्टीबाट गोल गर्न चुके ।
लुइस एनरिकेको पीएसजीले लिगको पहिलो खेलमा पनि नेन्ट्सलाई १–० ले नै पराजित गरेको थियो । सुरुआती दुवै खेलमा विजयी रहे पनि पीएसजीको आक्रमण धारिलो देखिएको छैन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |