TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Apr 09, 2026 · Swadesh

पीएसीलाई सजिलो बार्सिलोनालाई गाह्रो

पीएसीलाई सजिलो बार्सिलोनालाई गाह्रो

डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनल पहिलो लेगमा लिभरपुललाई २–० ले पराजित गरेको छ र यससँगै आफ्नो स्थिति बलियो बनाएको छ । त्यसमा डिजाएर डोउले ११ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ख्विचा क्वारत्सखेलियाले ६५ औं मिनेटमा दोस्रो गोल थपे ।


अब दोस्रो लेगको खेल एनफिल्डमा हुनेछ र लिभरपुलसामु त्यसलाई उल्टाउने अवसर हुनेछ । बार्सिलोना भने आफ्नै घरमा एटलेटिको म्याड्रिडको हातबाट २–० ले पराजित भयो । बार्सिलोनाले पहिलो हाफ आफ्नो नियन्त्रणमा राखे पनि रातो कार्डमा ४४ औं मिनेटमा पउ कुबार्सीलाई रातो कार्डमा गुमाएपछि एटलेटिको खेलमा फर्केको हो ।



उसका लागि लागि जुलियन एल्भारेजले ४५ र एलेक्जान्डर सोरलोथले ७० औं मिनेटमा गोल गरे । यो जितपछि अब एटलेटिकोको सेमिफाइनल प्रवेशको सम्भावना बलियो भएको छ र उसले आफ्नै घरमा हुने दोस्रो लेगको खेलमा दुई गोलको अग्रता रक्षा गर्ने प्रयास गर्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →