TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Feb 26, 2026 · Swadesh

पीएसजी र रियल पुगे अन्तिम १६

पीएसजी र रियल पुगे अन्तिम १६

डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियल म्याड्रिडले बुधबार युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएका छन् र यससँगै प्रतियोगिताको यो चरण पुग्ने सबै टिमको टुंगो लागेको छ ।


बुधबार अन्तिम १६ को याक्रा तय गर्ने अर्को दुई टिममा गालातासारे र एटलान्टा रहे । अब शुत्रबार प्रतियोगिताको आगामी खेलको ड्र निकालिनेछ । एटलेटिको म्याड्रिड, बायर लेभरकुजन, बोडो र न्युकासल युनाइटेड पनि प्ले अफबाट अन्तिम १६ पुगेका हुन् ।


लिग चरणको समाप्तीमा शीर्ष आठ स्थानमा रहेर यो चरण पुग्नेमा आर्सनल, बायर्न म्युनिक, लिभरपुल, टोटनहम, बार्सिलोना, चेल्सी, स्पोर्टिङ लिस्वन र म्यानचेस्टर सिटी रहेका छन् ।


प्ले अफको अन्तिम दिनको खेलमा पीएसजीले मोनाकोलाई २–२ को बराबरीमा रोक्दै ५–४ को निर्णायक अग्रता लियो । रियलले बेनफिकालाई २–१ ले हराएर समग्रमा ३–१ को निर्णायक अग्रता प्राप्त गर्न सफल रह्यो ।


यस्तै युभेन्ट्सले गालातासारेलाई ३–२ ले पराजित गरे पनि समग्रमा ३–२ ले पछाडि पर्‍यो ।  एटलान्टाले भने बोरुसिया डर्टमुन्डलाई ४–१ ले हरायो र समग्रमा ४–३ ले अग्रता लियो ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →