← समाचारमा फर्कनुस्
पीएसजी र रियल सजिलै अन्तिम आठमा

युरोपेली च्याम्पियन्स लिगबाट मंगलबार दुई इंग्लिस टिम बाहिरिएका छन् र तिनको ठाउँमा डिफेन्डिङ च्याम्पिनय पेरिस सेन्ट जर्मेन (पीएसजी) र कीर्तिमान १५ पल्टको च्याम्पियन रियल म्याड्रिडले अन्तिम आठको यात्रा तय गरेको छ ।
पीएसजीले अन्तिम १६ को दोस्रो लेगको खेलमा चेल्सीलाई उसकै घरमा ३–० ले हरायो र समग्रमा ८–२ को अग्रता लियो । रियलले भने म्यानचेस्टर सिटीलाई पनि उसकै घरमा दोस्रो लेगमा २–१ ले पराजित गर्दै समग्रमा ५–१ को अग्रता लिन सफल रह्यो ।

प्रिमियर लिगको शीर्षमा रहेको आर्सनल भने भाग्यमानी रह्यो र उसले दोस्रो लेगमा बायर लेभरकुजनलाई २–० ले पन्छाएर समग्रमा ३–१ ले अगाडि रहन सफल रह्यो ।
स्पोर्टिङ लिस्वनले भने उत्कृष्ट पुर्नआगमन रच्दै बोडो/गिल्म्टलाई दोस्रो लेगमा ५–० ले हरायो र ५–३ को निर्णायक अग्रता लियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women